संधै बचत गर्ने बानि गरौँ, आफुलाई पर्दा
आफै सक्षम बनौँ

नयाँ अपडेट तथा सूचनाहरु

हाल रहेको बचत तथा कर्जा परिचालन तर्फ ब्याजदर

संस्थाबाट उपलब्ध अन्य सेवाहरु

हाम्रा पछिल्ला अपडेट तथा जानकारी

IMG_20230905_0002

सामान्य अवस्थामा:
१) संस्थाको बचत खाता खोल्ने फारम
२) नागरीकताको प्रतिलिपी यदी कार्यक्षेत्र भित्र को नभए कार्यक्षेत्र खुल्ने कागजात
३) नमुना दस्तखत कार्ड
४)  पुरा ठेगाना र पत्राचार गर्ने ठेगाना, फोन नं (मोबाईल नं) सहितको विवरण       

 ५)  मतदाता परचियपत्र वा अन्य सरकारी मान्यता प्राप्त परचियपत्र

 

Toggle Content

नाबालकको हकमा:
१) संस्थाको सदस्यताको फारम
२) जन्म दर्ताको प्रतिलिपि–१ र फोटो–१
३) संरक्षकको नगरिकताको प्रतिलिपि–१ र फोटो–१
४) पुरा ठेगाना र पत्राचार गर्ने ठेगाना, फोन नं (मोबाईल नं) सहितको विवरण

कर्जा माग गर्दा चाहिने कागजातहरु:
१) आवेदन फारम
२) नगरिकताको प्रतिलिपि र फोटो
३) जग्गा धनि पूर्जाको सक्कल र फोटोकपी
४) मालपोत रसिद
५) आयस्रोत प्रमाणित हुने कागजात
६) नजिकको हकदारका नगरिकताको प्रमाणपत्र र फोटो
७) तिरो तिरेको रसिद सक्कल र फोटोकपी
८) नापी नक्सा र टेस नक्सा
९) चार किल्ला प्रमाणित पत्र सक्कल र फोटोकपी
१०) धितो दिने जग्गामा घर भए घरको नक्सा पासको इजाजतपत्र

११) एकाघरको १ जना जमानी

१२) संस्थको सदस्य एक जना जमानी

१ परिभाषा:
सहकारी संस्था सयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यवसाय
माफ्त आफ्ना साझा आर्थिक,सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षहरु
पदपूर्ति गर्न स्वेच्छिक रुपमा एकजुट हुने ब्यक्तिहरुको स्वायत्त संगठन हो ।

२ मूल्य:
सहकारी संस्थाहरु स्वावलम्बन,स्व–उत्तरदायी,प्रजातान्त्रिक,समानता, न्याय
र ऐक्यबद्धता मूल्यरुपमा आधारित छन् । आफ्ना संस्थापकहरुको परम्परामा सहकारी
संस्थाका सदस्यहरुले इमान्दारिता,खुलापन,सामाजिक दायित्व र अरुको चासो राख्ने
नैतिक मूल्यहरुमा विश्वास राख्छन् ।

३ सिद्धान्त:
सहकारी सिद्धान्तहरु सहकारी संस्थाहरुद्धारा आफ्ना मूल्यहरुलाई उतार्ने
मार्गदर्शनहरु हुन् ।

क) पहिलो सिद्धान्त: स्वेच्छिक तथा खुला सदस्यता

सहकारी संस्थाहरु स्वेच्छिक सगंठन हुन् । यी सस्थाहरुबाट प्राप्तहुने सेवा उपयोग गर्न 
सक्ने र दस्यताको जिम्मेवारी बहन गर्नसक्ने सबै व्यक्तिहरुको लागि सदस्यता खुल्ला 
रहन्छ । यी संस्थाहरुमा प्रवाह गर्ने सेवा उपयोग गर्न सक्ने र सदस्यताको जिम्मेवारी 
बहन गर्न सक्ने सबै व्यक्तिहरुको लागि सदस्यता खुल्ला रहन्छ । यी संस्थाहरुमा लिङ्ग, 
सामाजिक, जातीय,राजनैतिक वा धार्मिक भेदभाव रहदैन ।

ख) दास्रो सिद्धान्त: सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण

सहकारी संस्थाहरु आफ्ना सदस्यद्धारा नियन्त्रित प्रजातान्त्रिक संगठन हुन् । यी संस्थाका
सदस्यहरु आफ्नो सस्थाको नीति तय गर्न र निर्णय गर्नमा सक्रियरुपमा सहभागी बन्छन् ।
निर्वाचित प्रतिनिधिको रुपमा सेवा गर्ने महिला तथा पुरुषहरु आफ्ना संस्थाका सदस्यहरु
प्रति उत्तरदायी हुन्छन् । प्रारम्भिक संस्थाहरुमा एक व्यक्ति एक मतको आधारमा सदस्यहरुको
समान मताधिकार हुन्छ भने अँय तहका सहकारी संस्थाहरु पनि प्रजातान्त्रिक आधारमा गठन
गरिन्छ ।

ग) तेस्रो सिद्धान्त: सदस्यहरुको आर्थिक सहभागीता

सहकारी संस्थाका सदस्यहरु आफ्नो संस्थाको पूँजीमा न्यायिक रुपमा सहभागी हुन्छन् 
र यस पूजी माथि नियन्त्रण राख्छन् । कम्तिमा खास गरी यस पूँजीको केही भाग सहकारी 
संस्थाको साझा सम्पत्ति हुन्छ । यस संस्थामा बचत नाफा भएमा सदस्यहरुले आफ्नो
सदस्यताको लागि चुक्ता गरेको शेयर पूँजीमा सिमित बचत फिर्ता पाउँछन् । यी
सदस्यहरुले निम्न केहि वा सबै उद्देश्य प्राप्तिका लागि बचत रकम छुट्टयाउँछन् ।
१) आफ्नो संस्थाको बिकास गर्न ।
२) कम्तीमा अभिभाज्य हुने गरी जगेडा कोष खडा गर्न ।
३) संस्थासग आफ्नो कारोबारको अनुपातमा सदस्यहरुलाई लाभ पु–याउन र
४) सदस्यहरुद्धारा स्वीकृत अन्य कार्यहरुमा सघाउन ।

घ) चौथो सिद्धान्त: स्वायत्तता र स्वतन्त्रता

सहकारी संस्थाहरु आफ्ना सदस्यहरुद्धारा नियन्त्रित स्वायत्त तथा स्वापलम्बी 
संगठनहरु हुन् । यी सदस्यहरुले वाह्य स्रोतबाट पूजी संकलन गर्न सरकार लगायत
अन्य संगठनहरुसग सम्झौता गर्दा यी संस्थाहरु आफ्ना सदस्यहरुद्धारा 
प्रजातान्त्रिक नियन्त्रण तथा आफ्ना स्वायत्तता कायम राख्न सक्ने शर्तमा 
विश्वस्त हुनुपर्छ ।

ङ) पाँचौ सिद्धान्त: शिक्षा, तालीम र सूचना

सहकारी संस्थाहरुले आफ्नो बिकासमा प्रभावकारी रुपमा योगदान दिन सकोस् भनी 
आफ्ना साधारण सदस्य,निर्वाचित प्रतिनिधि, व्यवस्थापक र अन्य कर्मचारीहरुलाई
शिक्षा तथा तालिम उपलब्ध गराउछन् । यी संस्थाहरुले सहकारीताको प्रकृति तथा
लाभवारे सामान्य जनता खास गरेर लरुण पुस्ता र वैचारिक अगुवाहरुलाई सुसूचित
गर्छन् ।

च) छैठौ सिद्धान्त: सहकारी संस्थाहरुकाबीच सहयोग

सहकारी संस्थाहरुले अति प्रभावकारी रुपमा आफ्ना सदस्यहरुलाई सेवा पु–याई
स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय संरचनाहरुमा सहभागी भएर
सहकारी आन्दोलनलाई सुदुढ गर्छन् ।

छ) सातौ सिद्धान्त: समूदायप्रति चासो

सहकारी संस्थाहरुले आफुहरुद्धारा निर्धारीत नीतिको आधारमा आफ्ना सदस्यहरुको 
दिगो बिकासका लागि कार्य गर्छन् ।

सम्पर्क नम्बरहरु

सम्पर्क इमेल ठेगाना

कर्यालय ठेगाना

संस्थाको परिचय

सहकारीको माध्यमबाट सदस्यहरुलाई बचतको बानी विकास गर्दै न्यून आय भएका व्यक्तिहरुलाई कृषि, व्यवसाय, शिक्षा तथा स्वरोजगार बनाउने उद्देश्यका साथ स्वदेशमा रहेका तथा विदेशमा बसी फर्केका युवासंग भएको पुँजीलाई एकिकृत  गरी सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुसार त्यसको परिचालन गरी आत्मनिर्भर बनाउने अभिप्रायले यो संस्था डिभिजन सहकारी कार्यालय, ललितपुरमा विधी सम्वत तरिकाले मिति २०७१/२/१४ गतेका दिन १०७३ नम्बरको सदस्यता प्राप्त गर्दै ललितपुर जिल्लाको साविक चापागाउँ गा.वि.स. कार्यक्षेत्र हुनेगरी दर्ता भएकामा हाल विभिन्न सेवा सुविधाका साथ ललितपुर जिल्लाको साविक लेले, देविचौर, छम्पी, ठेचो र झरुवारासी कार्यक्षेत्र थप गरि शेयर सदस्य माझ कृयाशिल रहेको मा हाल कल्पबृक्ष साकोस संग एकिकृत भई कोन्जोसोम र महांकाल गाउंपालिकामा सम्म रहेकोमा वागमति गा पा कार्यक्षेत्र रहेको नागमणि उपभोक्त्ता सहकारी संस्था संग मिति २०७८ साल श्रावण ३२ गते भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालय, हेटौडा बाट एकिकरण स्वीकृत भई आए पश्चात संस्थाको कार्यक्षेत्र ललितपुर जिल्लाका सबै गाउपालिका र गोदावरी नगरपालिका का साबिक लेले, देबिचौर, छम्पी, चापागाउ, ठेचो र झरुवाराशि रहेको छ । हाल संस्थाको सदस्य सुविधा कार्यालय कोन्जोसोम गा पा, शंखु र महाँकाल गा पा , बुखेलमा रहेका छन् ।